Rule 9
जिल्ला शिकार अनुज्ञापत्र लाइसेन्स
जिल्ला शिकार अनुज्ञापत्र अनुसूची (१ बमोजिमको दस्तुर लिई नेपाली नागरिकलाई मात्र दिन सकिनेछ । सो अनुज्ञापत्र दश दिनसम्म बहाल रहने गरी जिल्ला वन कार्यालयले दिन सक्नेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले अनुज्ञापत्रमा तोकिएको इलाकामा देहायका वन्यजन्तुहरु र पंक्षीहरू देहायको अधिकतम संख्यामा नबढाई वन्यजन्तुको हकमा जम्मा तीनवटासम्म र पंक्षीको हकमा जम्मा दशवटासम्म शिकार गर्न पाउनेछ ।
वन्यजन्तु र पंक्षीहरूको नाम शिकार गर्न पाइने प्रत्येक वन्यजन्तु र पंक्षीहरूको अधिकतम संख्यास्(
१स्तनधारीस्
(क) रातो मृग
(ख) चित्तल
(ग) बनेल
(घ) चौघडा
२ पंक्षीहरूस्
(क) मुजूर
(ख) कालिज
(ग) लुईचे (
(घ) तित्रा, च्याखुरा
(ङ) पानी हाँस
तर कुनै पनि दिनमा तीनवटा भन्दा बढी पंक्षीहरू मार्न पाइने छैन ।
२ उपनियम १ मा जुनसुकै कुरा लेखिएको भएता पनि जिल्ला शिकार अनुज्ञापत्र एकै व्यक्तिलाई एक वर्षमा एक पटक भन्दा बढी दिइने छैन र त्यसको म्यादभित्र शिकार गरे पनि नगरे पनि सो अनुज्ञापत्रको म्याद थप हुने छैन ।